
इजरायलमा हमासको आक्रमण : २३२ बढीको मृत्यु, १६ सय भन्दा धेरै घाइते
- आश्विन २१, २०८० मा प्रकाशित

काठमाडौँ । इजरायल र हमासबीच गाजापट्टी क्षेत्रमा ज्ञभएको गोलाबारीमा २३२ बढीको ज्यान गएको छ । दुबै पक्षको आक्रमणमा परेर १६ सय भन्दा धेरै घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परी ७ सय भन्दा धेरै इजरायली नागरिक घाइते भएका छन् ।
प्यालेस्टाइनी लडाकू समूह हमासले हिजोदेखि इजरायलमा हवाई, समुद्री र स्थल आक्रमण थालेको हो । आक्रमणपछि तीन नेपाली सम्पर्कविहीन भएका छन् । घटनामा नौ नेपाली घाइते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भीर छ । हमासले ५३ जना इजरायलीलाई युद्धबन्दी बनाएको दाबी गरेको छ । हमासले उच्च अधिकारीहरुलाई पनि समातेको बताएको छ ।
अमेरिका, भारत, ईयूलगायत विश्व समुदायबाट यो आक्रमणको निन्दा गरिएको छ । ह्वाइट हाउसले विज्ञप्ति निकालेर अमेरिकाले घटनाको कडा एवं स्पष्ट शब्दमा निन्दा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाजाका लडाकू समूहले गरेको आक्रमणपछि आफ्नो देश इजरायलसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन् ।
युरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले सर्वसाधारणलाई बन्धक बनाउने कार्यलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै निन्दा गरेका छन् । आक्रमणप्रति बेलायत, फ्रान्स, जर्मनी, यमनलगायतका देशले पनि चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ ।
विश्व समुदायले युद्ध अन्त्य र स्थायी शान्ति कायम गर्न दुवै पक्षसँग आह्वान पनि गरेका छन् । इरानले भने हमास समूहले इजरायलमाथि गरेको आक्रमणको समर्थन गरेको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकारले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments