
विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम
- आश्विन २०, २०८० मा प्रकाशित

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङस्थित सामुदायिक भवनमा व्यावसायिक रुपमा स्यानिटरी प्याड उत्पादन गर्ने योजना बनाएर महिलाका लागि तालिम सञ्चालन गरिएको हो । गाउँपालिकाको समन्वय, युएसएआइडीको आर्थिक सहयोग र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को आयोजनामा भएको तालिममा नवपालुवा महिला कृषक समुहका २१ महिलाको सहभागिता रहेको एड्वानका परियोजना संयोजक कमल बसेलले जानकारी दिए ।
‘सहिद लखन गाउँपालिकालाई स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर बनाउने योजनाअनुसार तालिम सञ्चालन गरिएको हो’, उनले भने, ‘सहभागीले तालिम सम्पन्न गरेपछि गाउँपालिका, एड्वान र प्रशिक्षार्थीको सहकार्यमा पालिकाभित्रै स्यानिटरी प्याड उत्पादन गरी आयआर्जनको अवसर प्राप्त गर्नेछन् ।’
विद्यालय किशोरी कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्यानिटरी प्याड बाहिरबाट खरिद गरेर ल्याउनका लागि हरेक वर्ष वार्षिकरुपमा लाखौँ रकम विनियोजन गर्दै आएकोमा अबदेखि गाउँमै प्याड उत्पादन गरी महिलालाई रोजगारी पनि दिने र आर्थिक आयआर्जन वृद्धि गर्दै विपन्न तथा सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको संयोजक बसेलको भनाइ छ ।
‘यसले महिलालाई आत्मनिर्भर पनि बनाउँछ’, उनले भने, १गाउँपालिका पनि स्यानिटरी प्याडमा आत्मनिर्भर हुने हुँदा रोजगारीको सिर्जना पनि हुन्छ ।’ तालिम सम्पन्न भएलगत्तै गाउँपालिका, एड्वान र तालिममा सहभागी महिला मिलेर संयुक्तरुपमा स्यानिटरी प्याड उत्पादन सुरु गर्ने उनले जानकारी दिए ।
स्यानिटरी प्याड निर्माणका लागि आवश्यक मेसिन समेत खरिद गरी सोही मेसिनबाट नै प्याड उत्पादनको तालिम सञ्चालन भइरहेको हो । मेसिन खरिदका लागि गाउँपालिका र एड्वानले रु पाँच-पाँच लाख लगानी गरेका छन् भने तालिममा सहभागी २१ जना महिलाले रु १५÷१५ हजारका दरले रु तीन लाख १५ हजार लगानी गरेको उनले बताए ।
गाउँपालिकामा उत्पादन गर्न लागिएको स्यानिटरी प्याड बजारमा अहिले पाइने सबै प्याडसँग प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय प्याड उत्पादन गर्ने तयारी गरिएको छ । प्याड उत्पादनपछि प्याकेजिङ र किटाणुरहित बनाउनका लागि आवश्यक थप दुईवटा मेसिन खरिदका लागि समेत तयारी भइरहेको संयोजक बसेलले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments