
विवाहित महिलामाथि सामुहिक बलात्कार, पाँच महिनाको गर्भ रहेको खुलेपछि चार जना पक्राउ
- आश्विन ५, २०८० मा प्रकाशित
डडेल्धुरा । डडेल्धुरा भागेश्वर गाउँपालिकाकी एक २० वर्षीया महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
सामुहिक बलात्कार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेर बिहीबार डडेल्धुरा जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो । सामूहिक बलात्कारमा परेर युवतीको पाँच महिनाको गर्भ समेत रहेको खुलेको छ । पक्राउ पर्नेमा डडेल्धुरा भागेश्वर गाउँपालिका वडा नं–३ निवासी २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र १८ वर्षीय प्रकाश ओड रहेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दिपक कार्कीले जानकारी दिए ।
प्रहरीले मंगलबार पक्राउ परेका ४ जनालाई बिहीबार जिल्ला अदालत डडेल्धुराबाट ७ दिनको म्याद थप गरेर सार्वजनिक गरेको हो। युवतीलाई सामूहिक बलात्कार गरेको घटनामा अन्य व्यक्तीको पनि संलग्नता हुनसक्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
गत वैशाख ५ गते दिउँसो भागेश्वर गाउँपालिकाको बाटो छेउमा रहेको नानिगाड खोलामा दिउँसो र वैशाख १२ गते साँझ एउटा बाँझो (मान्छे नबस्ने) घरको गोठमा लगेर सामुहिक बलात्कार गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
डडेल्धुरा भागेश्वर गाउँपालिकाका २० वर्षीय युवती स्थानीय लामिकांडे स्वास्थ्य चौकीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उपचार गर्न भदौ ३० गते पुगेकी थिइन् । पेटसम्बन्धी समस्या भएकाले उपचार गर्न आएकी उनको भिडिओ एक्स–रे गर्दा पेटमा पाँच महिनाको गर्भ रहेको पाइयो ।
विवाहित ती युवतीको पति एक वर्ष भन्दा बढी समयदेखि मजदुरी गर्न भारतमा थिए । पेटमा गर्भ रहेको पाइएपछि परिवारका मान्छेले सोधी खोजी गर्दा पीडित युवतीले सामुहिक बलात्कारमा परेको घटना सुनाएकी थिइन् । ‘पीडित युवतीले सामुहिक बलात्कार गर्नेमध्ये एक जनाको हात र घाँटीमा ट्याटु रहेको हुलिया बताइन् । उनले दिएको हुलियाका आधारमा एक जनालाई पक्राउ गर्यौँ, आरोपित युवाले घटना स्वीकारे, उनीबाट थप अरूको जानकारी लिएर मंगलबार ४ जना पक्राउ गरेर ल्यायौँ’ डिएसपी कार्कीले भने, ‘घटनाको बारेमा थप अनुसन्धान गरिरहेका छौं’।
पीडित युवतीका ससुराले मंगलबार नै बुहारीमाथि सामुहिक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा किटानी उजुरी दर्ता गराएका थिए । पीडित युवतीको डेढ वर्षको एक छोरी पनि रहेको उनले जानकारी दिएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments