
महिला कर्मचारीसँगको भिडिओले खोसियो काजीमानको ‘इन्टेग्रिटी आइकन अवार्ड’
- भाद्र २२, २०८० मा प्रकाशित

इलाम । आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई चार वर्षअघि दिइएको अवार्ड खोसिएको छ।अकाउन्ट विलिटी ल्याब नेपालले सन् २०१९ मा दिएको उक्त अवार्ड महिला कर्मचारीसँगको अमर्यादित भिडिओ सार्वजनिक भएसँगै फर्ता गरेको हो।
हाल इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई उक्त अवार्ड पाउँदा इलामकै चुलाचुली गाउँपालिकामा कार्यरत थिए। तर सहकर्मी कर्मचारीको कार्यकक्षमै अमर्यादित गतिविधि गरेको दृष्य सामाग्री सार्वजनिक भएको भन्दै इन्टेग्रिटी आइकन अवार्ड खोसिएको हो। काजीमान चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा इन्टेग्रिटी आइकन नेपाल २०१९ बाट सम्मानित भएका थिए।
तत्कालीन अवस्थाा प्राप्त जानकारी, सूचना र इन्टेग्रिटी आइकन नेपालको मापदण्डको आधारमा उनलाई उक्त अवार्ड प्रदान गरिएको थियो।त्यसपछि पनि उनले नेपालको प्रशासनिक क्षेत्रमा आफ्नो असल आचरण र कुशल कार्यशैलीले अरुलाई पनि प्रेरित गर्ने विश्वासविपरीत अमर्यादित कार्यसहितको भिडिओले संस्थालाई स्तब्ध बनाएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
इन्टेग्रिटी आइकन नेपालले भ्रष्ट आचरण, अमर्यादित व्यवहार र गैह्रजिम्मेवारपूर्ण कार्यको समर्थन नगर्ने पनि निर्देशक सुरेश चन्दले जनाएका छन्।
संस्थाले उक्त भिडिओ सार्वजनिक भएपछि प्राकृतिक न्यायको सिद्धान्त अनुरुप घटनाबारे सत्यतथ्य खुलाई २४ घण्टाभित्र आफ्नो रायसहितको जवाफ पठाउन भनी ईमेल, मेसेन्जर, ह्वाट्सएप, फोन मेसेज र भाइबर बाट पत्र पठाइएको पनि जनाएको छ।
जवाफमा राईले ‘मेरो विषयमा सामाजिक सञ्जालमा आएको घटनाको जिम्मेवारी लिन तयार छु। समग्र आइकन परिवारलाई पर्न गएको क्षतिका लागि क्षमा चाहन्छु। यसबारे संस्थामार्फत हुने निर्णय मान्य छ’ भनेर जवाफ पठाएको चन्दले बताए। त्यसपछि इन्टेग्रिटी आइकन नेपाल निर्णायक समिति सदस्यहरूको सुझाव र निर्देशिकालाई आधार मानेर आयोजक संस्थाको निर्णय बमोजिम काजीमानलाई दिइएको इन्टेग्रिटी आइकन नेपाल २०१९ अवार्ड रद्द गरिएको चन्दले बताएका छन्। संस्थाले काजीमानले कार्यक्षेत्रमा गरेको अमर्यादित व्यवहारप्रति पनि खेद प्रकट गरेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments