
‘एक भगवत् गीता’ को श्रव्यदृश्य सार्वजनिक
- भाद्र १९, २०८० मा प्रकाशित

काठमाडौँ । नेपाली चलचित्र ‘एक भगवत् गीता’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । सार्वजनिक श्रव्यदृश्यमा अभिनेता विपीन कार्की ‘कमलामाई’ को भूमिकामा छन् । पहिलो पटक यस किसिमको भूमिका निर्वाह गर्दा आफूले उक्त समुदायलाई बुझ्न पाएको अभिनेता कार्कीले बताए ।
‘उहाँहरूलाई छायाङ्कनपछि अहिले दृश्य हेरिरहँदा झनै बुझेको महसुस गरे । म भावुक भए किनकि उहाँहरू सङ्घर्षशील हुनुहुन्छ’, अभिनेता कार्कीले भने, ‘म राम्रै मैथली बोल्छु । त्यही कारण तराईको चरित्रलाई पर्दासम्म ल्याउन कठिनाइ भने भएन । यद्यपि हामीले सबैले सहजै बुझ्ने मैथली नेपाली लवजको प्रयोग गरेका छौँ ।’
अभिनेत्री सुहाना थापाले कलाकार भएपछि मनोरञ्जनसँगै सन्देश प्रवाह गर्ने उद्देशले यो कथामा चलचित्र बनाउन आफ्नो कम्पनीलाई प्रेरित गरेको बताइन् । उनले भनिन्, ‘हामीले हाम्रो मौलिकतालाई अगाडि ल्याएका छौँ । यसले मिथिलाको कता भनेको छ । यद्यपि चलचित्र हेर्ने दर्शकले भरपुर मनोरञ्जन पाउनु हुनेछ ।’
यौनिक लैङ्गिक अल्पसंख्यक समुदायलाई सम्मान, माया र सद्भाव व्यक्त गर्नुपर्ने निर्देशक झरना थापाले बताइन् । उनले भनिन्, ‘लगातार हामीले निर्माण गरिरहेको चलचित्रमा यो फरक छ । प्रेम कथानक भन्दा बाहिर आएर समाजमा रहेको समस्यालाई उठाउने कोशिस गरेका छौँ ।’
चलचित्रमा धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा लगायतका कलाकारले अभिनय गरेका छन् । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments