
सरु गुरागाईंलाई पूर्वप्रधानमन्त्री ओलीको हौसला- तपाईंले छिट्टै क्यान्सर जित्नुहुनेछ
- भाद्र १६, २०८० मा प्रकाशित

काठमाडाैं । अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी छन्द कविता वाचिका सरु गुरागाईंलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाभको कामना गरेका छन्। परिवारसहित अमेरिकाको ओहायो निवासी गुरागाईंलाई घाँटीको क्यान्सर भएको हो। उनी त्यहाँस्थित युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचाररत छिन्। सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन्।
यसैबीच एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले सरुलाई क्यान्सर भएको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै शनिबार सामाजिक सञ्जालमार्फत हौसला दिएका छन्।
‘सरु र मुरारी गुरागाईंले भानुभक्तीय रामायण वाचन गरी सार्वजनिक गरेपछि एकपटक भेटेर कुराकानी गर्ने पनि कुरा भएको थियो। आज अचानक सरुलाई घाँटीको क्यान्सर लागेको खबर सुनेर दुःख लाग्यो’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तपाईंले छिट्टै क्यान्सर जित्नुहुनेछ र हामीलाई फेरि कविता वाचन गरेर सुनाउनु हुनेछ। स्वास्थ्यलाभको कामना सरु! तपाईंलाई ठीक हुनेछ र हामी भेट्ने छौँ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments