झापामा माछा मार्नेक्रममा डुबेर एकको मृत्यु
- भाद्र १२, २०८० मा प्रकाशित
बिर्तामोड । बिर्तामोडमा माछा मार्नेक्रममा पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
प्रहरीका अनुसार मंगलबार बिहान हस्दा घर नजिकैको पैनीमा माछा मार्न जानुभएको थियो । माछा मार्ने क्रममा पैनीमा डुबेर घाइते भएका उहाँलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो ।
हस्दाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारेमा इलाका प्रहरी कार्यालय अनारमनिले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
-
ताजा मंसिर ८, २०८१रङ्गीविरङ्गी छाताले सिँगारियो झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा
-
ताजा मंसिर ८, २०८१याे वर्ष अलैंचीको मूल्य उच्च विन्दुमा, किसानहरू उत्साहित
Comments