
अहिलेसम्म १३ जनामा कलेजो र एक हजार भन्दा धेरैमा मिर्गौला प्रत्यारोपण
- भाद्र ५, २०८० मा प्रकाशित

काठमाडौँ । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अहिलेसम्म १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ ।
नेपालमै पहिलो पटक २०७२ मंसिर २२ गतेदेखि कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले यसै सातासम्म आइपुग्दा १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
‘२०७२ मंसिर २२ गतेदेखि हामीले केन्द्रमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेका थियौँ,’ श्रेष्ठले भने, ‘२०७९ को अन्तिमसम्म १० जनामा कलेजो प्रत्यारोपण गरेका थियौँ, केन्द्रले विसं २०८० मा तीन जनाको सफल कलेजो प्रत्यारोपण गर्न सफल भएको छ, यही साउन ३२ गते र भदौ २ गते दुईवटा कलेजो प्रत्यारोपण गर्न सफल भएका छौँ ।’ विश्वमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण नेपालमै केन्द्रले न्यून शुल्क अर्थात् १५ लाखमै कलेजो प्रत्यारोपण हुँदा विदेशिने करोडौँ रुपैयाँ समेत जोगिएको र कलेजो प्रत्यारोपण सहज भएको उनले बताए ।
नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्दा विदेशी विशेषज्ञ चिकित्सकको टोलीको नेतृत्वमा नेपालका चिकित्सकसहितको संलग्नतामा भएकोमा पछिल्लो समयमा नेपालकै चिकित्सकको दक्षता बृद्धि गरी स्वदेशकै चिकित्सकबाट कलेजो प्रत्यारोपण हुने गरेको छ । ‘नेपालकै चिकित्सकको दक्षतामा थप वृद्धि गरी स्वदेशी चिकित्सकबाटै कलेजो प्रत्यारोपण गर्न सक्ने अवस्थामा पुगेका छौँ,’ डा.श्रेष्ठले भने, ‘यसअघि हुने प्रत्यारोपणमा भारत, कोरिया लगायतका देशबाट विज्ञ टिम आएर कलेजो प्रत्यारोपण गर्ने गरेकोमा यसपटक एक जना मात्र विशेषज्ञ चिकित्सकको सहयोगले केन्द्रमा सफलतापूर्वक आफ्नै जनशक्तिबाट एक सातामा दुई जनामा कलेजो प्रत्यारोपण गर्न सफल भयौँ ।’
केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपणबिज्ञ डा. श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. शिल्भाकुमार नागानाथनसहित नेपाली विज्ञ चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेको हो । केन्द्रमा साउन ३२ गते बिहीबार सल्यानका ५२ वर्षीय कृष्णबहादुर केसीको कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई आफ्नै छोरा २३ वर्षीया किरण केसीले कलेजो दान गरेका हुन् । यही भदौ २ गते शनिबार ५७ वर्षीय कुमार राईलाई उनकी २१ वर्षीया छोरी प्रतिक्षा राईले कलेजो दान गरेकी छन् ।
हाल कलेजो प्रत्यारोपित र अङ्ग दाता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिए । दुवै कलेजो प्रत्यारोपणमा सर्जन डा.रोशन घिमिरे, डा.सपना बर्मा, डा. रामबाबु साह, डा. ललितकुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रस्मित श्रेष्ठ, डा. शिवसुन्दर जचल, रेडियोलोजी विभागका डा. कृष्ण बुढाथोकी, डा. समिर दवाडी, डा. विवेक नेपाल, डा. जस्मिन जोशीसहित नर्सिङ टोलीको सहभागिता रहने गरेको छ ।
११ वर्षमा १००१ जनामा मिर्गौला प्रत्यारोपण
केन्द्रका निर्देशक डा.श्रेष्ठले केन्द्र स्थापनाको ११ वर्षको अवधिमा एक हजार एक सय जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए ।
केन्द्रले विसं २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरेको थियो । अहिलेसम्म पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण गरिएको छ । अङ्ग प्रत्यारोपणको लागि अङ्गदान अत्यावश्यक पर्छन् । तर, जनचेतनाको कमीले प्रत्यारोपणसम्बन्धी उपयुक्त कानुन बने पनि कार्यान्वयन पक्षमा उल्लेख्य प्रगति हुन नसकेको उनले बताए ।
शव गाडेर खेर जाने वा जलेर खरानी हुने मानव अङ्ग दान दिने परम्पराको विकास गर्नसके एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एउटा कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्रालगायतका आठ वटा अङ्ग दान गरी ८ जनाको ज्यान बचाउन सकिने कार्यकारी निर्देशक डा.श्रेष्ठले जानकारी दिए ।
मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्ने परम्पराको विकास भए नेपाल अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर हुनसक्ने र करोडौँको रकम विदेशिनबाट जोगिने तथा धेरैको ज्यान बचाउन सकिने श्रेष्ठले बताए । केन्द्रले सरकारको सहयोगमा डायलाइसिस सेवा विस्तार गर्न देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ ।
गण्डकी प्रदेशका साथै कर्णाली प्रदेशअन्तर्गतको सुर्खेत प्रादेशिक अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ । सेती प्रादेशिक अस्पताल धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भइ सकेको डा.श्रेष्ठले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments