
भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ५५ पुग्यो
- श्रावण ३१, २०८० मा प्रकाशित

नयाँदिल्ली । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।‘अहिलेसम्म राज्यमा करिब ५५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्छ’, हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले भनेका छन् ।
हिमाचल प्रदेशमा जुन २४ मा मनसुन शुरु भएदेखि नै भारी वर्षा भइरहेको छ जसले पहिरो, चट्याङ्गका कारण ठूलो विनाश निम्त्याएको छ । सोमबार समर हिलमा रहेको एउटा मन्दिर पहिरोमा परेको थियो र भत्किएको थियो र ३० देखि ३५ जना भित्र फसेको विश्वास गरिएको राष्ट्रिय प्रकोप प्रतिक्रिया बलका अधिकारी नफीस खानले बताएका छन् ।
घटनास्थलबाट ११ जनाको शव निकालिएको छ भने खोजी कार्य जारी रहेको छ । सरकारले उपलब्ध गराएको विवरण अनुसार सोमबार साँझसम्म राज्यभर २८३ जनाको ज्यान गएको छ भने ३०४ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् । राज्य आपतकालीन सञ्चालन केन्द्रले विपद्का कारण राज्यमा ८५७ सडक बन्द गरिएको जनाएको छ । भारतको मौसम विभागले मङ्गलबार हिमाचल प्रदेशमा आगामी दुई दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments