
नेप्सेसँगै घट्यो कारोबार
- श्रावण २९, २०८० मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ ।
आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ मा कारोबार भएका छन् । यो दिनको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ भने फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ अन्य उपसमूहमा भने रातो देखिएको छ । आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ४४ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले बढेको छ ।
साथै सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड छ । कम्पनीको शेयर मूल्य छ दशमलव ४६ प्रतिशतले घटेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको चार दशमलव ८० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको चार दशमलव २९ प्रतिशत, शुभम् पावर लिमिटेडको तीन दशमलव ७२ प्रतिशत र सानिमा ग्रोथ फण्डको शेयर मूल्य तीन दशमलव ६९ प्रतिशतले घटेको छ । आजको कारोबारपछि बजारपुँजीकरण रु ३१ खर्ब १० अर्ब ५९ करोड ५३ लाख ४१ हजार ३४ दशमलव आठ पैसा पुगेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments