
मणिपुर हिंसामा तीन जना मारिए
- श्रावण २१, २०८० मा प्रकाशित

एजेन्सी । जातीय हिंसाबाट प्रताडित भारतको उत्तरपूर्वी राज्य मणिपुरको विष्णुपुर जिल्लामा गएराति भएको पछिल्लो हिंसामा तीन जनाले ज्यान गुमाएका छन् । बिहीबारदेखि नै उक्त जिल्लामा हिंसात्मक गतिविधि हुने आशङ्का गरेको प्रहरीले अमूल्य जीवन बचाउन नसकेकामा खेद प्रकट गरिएको छ । उक्त जिल्लामा गोली प्रहारका छिटपुट घटना सुनिएका तथा भीडभाड बढेका विवरण प्रहरीले प्राप्त गरेको थियो ।
यसैबीच, तीन महिनादेखि जातीय कलह र हिंसाबाट तहसनहस भएको मणिपुरमा राष्ट्रपति शासन लागू गर्न विपक्षीहरूले माग गरेका छन् । राज्यको मन्त्रिपरिषद्ले भने शुक्रबार राज्यपाल अनुसुया उइकेलाई विधानसभाको अधिवेशन यही अगस्ट २१मा बोलाउन सिफारिस गरेको छ ।मणिपुर उच्च अदालतले राज्यको बहुसङ्ख्यक मेतेई समुदायलाई अनुसूचित जनजातिको सूचीमा थप्न राज्य सरकारलाई आदेश दिएपछि गत मे ३ देखि जारी मेतेई र कुकी समुदायबीच झडपमा एक सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् ।
मणिपुरको वर्तमान अवस्थालाई लिएर केन्द्रमा हिउँदे अधिवेशन प्रभावित भएको छ । विधानसभा र लोकसभामा विपक्षी महागठबन्धनका सदस्यहरूले केहीदिन अघि दुई जना महिलाको अस्मिता लुटेर उनीहरूलाई निर्वस्त्र बजार घुमाइएको बर्बर घटना तथा मणिपुरको वास्तविक वस्तुस्थितिबारे प्रधानमन्त्री नरेन्द्र मोदीले सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् ।
उनीहरूले दुवै सदनका कारबाही अवरुद्ध गर्दै आएका छन् । हालै विपक्षी गठबन्धनको एक प्रतिनिधिमण्डलले मणिपुरको भ्रमण गरेर राज्यको वस्तुस्थितिबारे जानकारी लिनका साथै हिंसाका कारण विस्थापित भएकालाई राहत शिविरहरूमा भेटेको थियो । प्रतिनिधिमण्डलले राज्यपाल उइकेलाई भेटेर राज्यमा शान्तिसुव्यवस्था कायम गर्न विशेष प्रयासका निम्ति आग्रह गरेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments