इटहरीमा डेङ्गी रोगको परिक्षण र अस्पताल खर्च निशुल्क
- श्रावण १६, २०८० मा प्रकाशित
इटहरी । इटहरी क्षेत्रमा पछिल्लो समयमा डेङ्गी संक्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउने भएको छ । उपमहानगरले इटहरीबासीको लागि इटहरी अस्पतालमा लाग्ने खर्च र डेङ्गी जाँच निशुल्क गरिदिने भएको छ । आज कार्यापालिका तथा नगर सदस्यहरु सहितको बैठकमा मेयर हेमकर्ण पौडेलले इटहरी अस्पतालमा डेङ्गी परिक्षण र अस्पतालमा लाग्ने खर्च निशुल्क गरिदिने घोषणा गरेका हुन ।
साथै उपमहानगरले डेङ्गी रोग विरुद्ध खोज र नष्ट अभियान चलाउने भएको हो । वडा तह सम्म अभियानलाई लैजान मेयर हेमकर्ण पौडेलले निर्देशन दिनु भएको छ । स्वास्थ्य शाखा तथा इटहरी अस्पतालका कर्मचारीहरुलाई निर्देशन दिदै आभियानलाई तिव्रता दिन निर्देशन दिनु भएको हो । इटहरीमा डेङ्गीको महामारी हुन नदिन उपमहानगरले सतर्कता अपनाएको मेयर पौडेलको भनाई छ । मेयर पौडेलले डेङ्गी नियन्त्रण गर्न सबै नगरबासी लागि पर्नुको विकल्प नभएको भनाई थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments