
सामुहिक बलात्कारमा परेकी १२ वर्षीया बालिकाको अवस्था चिन्ताजनक
- श्रावण १५, २०८० मा प्रकाशित

काठमाडौं । भारतको मध्यप्रदेशस्थित सतना जिल्लाको मैहरनजिकै सामुहिक बलात्कारमा परेकी १२ वर्षीया बालिकाको अवस्था चिन्ताजनक भएको छ । पीडित बालिकाको उपचार मैहरबाट ७० किलोमिटर टाढा रहेको रेवास्थित सञ्जय गान्धी मेमोरियल अस्पतालमा भइरहेको छ । त्यहाँ ७ जना चिकित्सकको टोलीले घण्टौं शल्यक्रियापछि उनको गुप्ताङ्गमा काठ घुसारिएका भित्री चोट धेरै भएको बताएको छ ।
चिकित्सकको टोलीले बालिकाको शरीरमा दाँतले टोकिएका चिह्नहरू पनि रहेको जनाएको छ । घटना जुलाई २७ को हो । घटनामा संलग्न आरोपमा मेहरको मन्दिरमा दैनिक ज्याला मजदुरी गर्ने रवीन्द्र चौधरी र अतुल बडोलिया नामका दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।
कतिपयले पीडित बालिका त्यही मन्दिर बाहिर भिख माग्ने गर्थिन् भनेका छन् भने कतिले उनी मन्दिर बाहिर फूल बेच्ने गर्थिन् भनेका छन् । प्रहरीका अनुसार घटनाबारे जुलाई २० का दिन जानकारी प्राप्त भएको हो । जंगलमा २० घण्टासम्म बेहोस अवस्थामा रहेकी बालिका कुनै स्थानीय महिलाको सहयोगमा आफ्नो गाउँसम्म पुगेकी थिइन् । त्यसपछि प्रहरीले घटना थाहा पाएको थियो ।
स्थानीय प्रशासनले जुलाई २९ तारिख अभियुक्तको घर बुलडोजरले भत्काएको थियो । घर भत्काउन गएका उपडिभिजन अधिकृत सुरेश यादव र उप डिभिजन प्रहरी अधिकृत लोकेश डावरले दुवै अभियुक्तको घर सरकारी जग्गामा अवैध रूपमा बनेको बताएका छन् ।
यस घटनामा मुख्यमन्त्री शिवराज सिंह चौहानले भनेका छन्, ‘मैहरमा छोरी बलात्कारमा परेको सूचना पाएको छु, मेरो मन दुःखेको छ, म निकै दुःखी भएको छु ।’ ‘अपराधीलाई कुनै हालतमा नछाड्न प्रहरीलाई निर्देशन दिएको छु । प्रहरीले अपराधीलाई पक्राउ गरिसकेको छ । छोरीको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएको छु । अपराधीलाई छाडिने छैन, कडाभन्दा कडा कारबाही हुनेछ ।’ बीबीसी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments