
मोरङकाे कटहरीमा थपियो नयाँ जुट उद्याेग,सात सयले रोजगारी पाउने
- श्रावण ११, २०८० मा प्रकाशित

इटहरी । मोरङकाे कटहरीमा नयाँ जुट मिल्स थपिएको छ । ३० करोड रुपैयाँ लगानीमा श्री पशुपतिनाथ जुट मिल्स खुलेको हो । व्यवसायी अमित जैन र मलिका रिजालले उद्योग स्थापना गरेका हुन् । ७ वर्षदेखि बन्द अवस्थामा रहेको सीएम जुट मिल्सका संरचना भाडामा लिएर नयाँ उद्योग सुरु गरेका हुन् ।
उद्योगले परीक्षण उत्पादन सुरु गरेको छ। आगामी अगस्ट १ देखि व्यावसायिक उत्पादन गर्ने उद्योगले जनाएको छ। यो सँगै पूर्वमा जुट उद्योगको संख्या ६ पुगेको छ । श्री पशुपतिनाथ जुट मिल्सका लगानीकर्ता चार्टर्ड एकाउन्टेन्ड जैन २५ वर्षदेखि गोल्छा अर्गनाइजेसनको जुट उद्योग अरिहन्त मल्टिफाइबर्समा कार्यरत थिए । रिजालको परिवार दुई दशकदेखि जुट उद्योगमा छ ।
उनको लगानी रहेको मोरङको बुढीगंगास्थित नेपाल जुट उद्योग भने हाल बन्द छ । नयाँ जुट मिल्ससँग एक दिनमा ३० टन सामग्री उत्पादन गर्ने क्षमता छ। व्यावसायिकरुपमा सञ्चालनमा आएपछि ७ सय जनाभन्दा बढीले रोजगारी पाउनेछन् । मिल्सले कच्चा जुटबाट हैसियन, बोरा र सुतली उत्पादन गर्ने छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments