
आमा समूहलाई कुटानी-पिसानी मिल र कुर्सी
- श्रावण ५, २०८० मा प्रकाशित

खोटाङ । महिलाको कार्यबोझ घटाउँदै जीवनयापनमा सहजता पुर्याउने उद्देश्यले खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका आमा समूहलाई विद्युतीय मिल उपलब्ध गराइएको छ । गत आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममार्फत विनियोजित महिलासँग उपाध्यक्ष कार्यक्रममार्फत खरिद गरिएको कुटानी-पिसानी मिल हस्तान्तरण गरिएको हो ।
मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीको अध्यक्षता तथा गाउँपालिका प्रमुख रविप्रकाश राईको प्रमुख आथित्यता तथा उपप्रमुख बिर्सिका राईको विशेष आथित्यतामा कुटानी-पिसानी मिलसँगै आमा समूहको बैठक कक्षका लागि कुर्सी समेत हस्तान्तरण गरिएको छ । सामग्री हस्तान्तरणपछि गाउँपालिका प्रमुख राईले पालिकाद्वारा हस्तान्तरण गरिएको कुटानी-पिसानी मिलले महिलाको जीवनयापनमा सहजता ल्याउनुका साथै कार्यबोझ घटाउने कुरामा आशावादी रहेको बताए ।
नागरिकले देखेको सपनालाई साकार बनाउन गाउँपालिका सरकार प्रतिबद्ध रहेको प्रमुख राईले बताए । ‘हामी धैरै ठूलो कुराको अपेक्षा नगरौँ, स–साना कुरामा पनि समृद्धि लुकेको हुन्छ । तिनै कुराबाट समृद्धिको दिशामा पालिका अघि बढ्छ’, उनले भने, ‘अबको पाँच वर्षपछि साकेला गाउँपालिकाले विकासको हरेक क्षेत्रमा निकै फड्को मारिसकेको हुनेछ । गाउँपालिकालाई दिगो विकास गरी समृद्धिको उचाइमा पुर्याउन नागरिकको उत्तिकै भूमिका हुनेगर्छ । तसर्थ पालिका सरकारले गर्ने सकारात्मक कार्यमा सबैले साथ दिनुहोस् ।’
विभिन्न समयमा बस्ने आमा समूहको बैठकका लागि कुर्सी अभाव भएको साथै घरायसी मिलको अभावमा महिलालाई ढिकीजाँतो गर्न समेत समस्या भइरहँदा जीवनयापनलाई सहज बनाउन उक्त सामग्री खरिद गरी हस्तान्तरण गरिएको उपप्रमुख राईले बताए । कुटानी-पिसानी मिल र कुर्सी पालिकाका सबै वडाका महिला समूहलाई हस्तान्तरण गरिने उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments