नेपालगञ्जबाट जुम्लामा ३२० क्विन्टल नुन ढुवानी
- श्रावण ३, २०८० मा प्रकाशित
बाँके । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ । प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात छ ।
प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक र्याकमा २६ हजार क्विन्टलका दरले वर्षमा नौ र्याक नुन आयात हुने गर्दछ । कार्यालय प्रमुख चौधरीले दुर्गम क्षेत्रमा सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक एक वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने जानकारी दिए ।
जुम्लामा नुनको कमी हुन नदिन सोमबार मात्रै तीन सय २० क्विन्टल नुन ढुवानी गरिएको प्रदेश कार्यालय प्रमुख चौधरीले जानकारी दिए । उनले प्रत्येक नयाँ आर्थिक वर्षका साउनदेखि नयाँ ‘टेन्डर’ का लागि आह्वान गरिने भएकाले उक्त नयाँ टेन्डरका लागि सम्पूर्ण कागजात काठमाडौँ पठाई सकिएको बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
-
ताजा मंसिर ७, २०८१झापाबाट ११ करोडको चिया निर्यात
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
Comments