
आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै
- असार २६, २०८० मा प्रकाशित

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चालु आर्थिक वर्षको ११ महिनामा ८३ हजारभन्दा धेरै नागरिकले सेवा लिएका छन् । केन्द्रले सोमबार आयोजना गरेको आयुर्वेद सेवा प्रवर्द्धनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सार्वजनिक गरिएको जेठ मसान्तसम्मको तथ्याङ्कका अनुसार २०७९ साउनदेखि २०८० जेठसम्म ८३ हजार तीन सय ७९ जना सेवाग्राहीले सेवा लिएका हुन् ।
स्वास्थ्य केन्द्रमा उपचार गराउन आएका बिरामीले १० प्रकारका सेवा लिएका केन्द्रकी प्रमुख डा. कोपिला अधिकारीले बताइन् । केन्द्रबाट ५० हजार आठ सय ३३ जनाले बहिरङ्ग चिकित्सा, नौ हजार छ सय ६३ जनाले पूर्वकर्म / पञ्चकर्म, छ हजार छ सय ८० जनाले ज्येष्ठ नागरिक सेवा, छ हजार तीन सय ९४ जनाले नागरिक आरोग्य स्वास्थ्य सेवा, पाँच हजार एक सय ३७ जनाले योग सेवा, दुई हजार आठ सय ५९ जनाले ल्याब सेवा, एक हजार २९ जनाले स्तनपायी आमा तथा शिशु सेवा, चार सय ९१ जनाले अकुपन्चर सेवा, दुई सय ३० जनाले फिजियोथेरापी सेवा र ६३ जनाले अल्ट्रासाउन्ड सेवा लिएको डा. अधिकारीले बताइन् ।
हाल रत्ननगर नगरपालिकामै आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालनमा रहेको उनले जानकारी दिइन् । भरतपुरमा बागमती प्रदेश सरकारको लगानीमा ५० शैयाको आयुर्वेद अस्पताल सञ्चालनका लागि भवन निर्माण सुरु भइसकेको उनको भनाइ छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम करिब २० प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिइन् ।
चालु आव २०७९/८० मा आयुर्वेद अस्पताल निर्माणका लागि रु चार करोड बजेट विनियोजन भएर काम भइरहेको भन्दै डा. अधिकारीले बागमती प्रदेश सरकारले आगामी आव २०८०/८१ मा उक्त भवनका लागि पुनः रु तीन करोड ५० लाख बजेट विनियोजन गरको जानकारी दिइन् । बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पतालको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब रु १३ करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा रहेको खाली जग्गामा आयुर्वेद अस्पतालको भवन बनिरहेको छ । नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शैंया, योगहल, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे कक्ष रहने प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद चिकित्सा कोरोना भाइरसको प्रकोपपछि अझ प्रभावकारी बनेको बताए । ‘आयुर्वेदलाई पहिला कागजमा औषधि पोका पारेर दिने भन्ने बुझिन्थ्यो’, उनले भने, ‘तर आयुर्वेद त्यत्तिमा मात्रै सीमित होइन, यसले विश्वव्यापी प्रभाव जमाइसकेको छ ।’ रत्ननगरमा सञ्चालनमा आएको आयुर्वेद स्वास्थ्य केन्द्रमा नागरिकको आकर्षण बढ्दै गइरहेको भन्दै उनले धेरै नागरिकले लाभ लिनसक्ने गरी सेवा विस्तार गरिँदै आएको बताए ।
केन्द्रका सूचना अधिकारी डा. देवेन्द्रकुमार यादवले आयुर्वेदिक औषधिको सही तरिकाले सेवन नगरे त्यसले असर गर्ने बताए । आयुर्वेद चिकित्साबारे आम जनतालाई बुझाउनु आवश्यक रहेको यादवको भनाइ छ । आयुर्वेद मूल उपचार पद्धति भएको जनाउँदै उनले आधुनिक चिकित्सा पद्धतिको विकास समेत आयुर्वेदबाट भएको बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments