
कर्णालीमा एक लाख पशुचौपायाको उपचार
- असार २१, २०८० मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेशका १० जिल्लामा लम्पी स्किन रोगबाट संक्रमित एक लाख २५ हजार ९१ पशु चौपायाको उपचार गरिएको छ ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार नौ हजार नौ सय एक पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ । पछिल्लो समय पशुमा लम्पी स्कीन रोग तीव्ररुपमा फैलिँदै गएको छ । प्रदेशका कृषिमन्त्री भीमप्रकाश शर्माले रोग नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मन्त्रालय निमित्त सचिव राजु भुजले प्रेस विज्ञप्ति जारी गर्दै खोप अभियान तिव्र पारिएको उल्लेख गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाबाट २०७९ चैत २७ गते गाई गोरुको सिरिम र छालाको भागको नमूना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो ।
परीक्षण गर्दा गत वैशाख ४ गते लम्पी स्कीन रोग पुष्टि भएपछि खोप लगाउन थालिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए । कर्णालीमा सबैभन्दा बढी सल्यानमा ३४ हजार तीन सय २८ पशुमा लम्पी स्किन देखिएको छ । सो रोगबाट मुगुमा चार सय २९ पशुचौपाया संक्रमित भएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments