
इलामबाट मदिरासहित बोलेरो गाडी नियन्त्रणमा
- असार १९, २०८० मा प्रकाशित

इलाम । इलाममा मोटरपार्ट्स तथा मदिरासहित प्रहरीले बोलेरो गाडी नियन्त्रणमा लिएको छ।इलाम जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट सशस्त्र प्रहरीले करिब ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको हो।
प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध सामान ल्याउँदै गरेको अवस्थामा सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
गाडीभित्र डिजेल पाइप ८ थान, ब्याक लाइट कभर १० थान, इन्डिकेटर लाइट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्वन १० थान, हेडलाइट १ थान, सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला परेको बताइएको छ।
बरामद मोटरपार्ट्स तथा मदिरा गाडीसहित थप अनुसन्धान तथा कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments