
प्रेम अस्वीकृत भएपछि पाकिस्तानवाट लन्डन पुगेर ‘प्रेमिका’को हत्या
- असार १७, २०८० मा प्रकाशित

लन्डन। बेलायतको एक अदालतले एक पागल प्रेमीलाई आजीवन कारावासको सजाय सुनाएको छ। अब उनले कम्तिमा २० वर्ष जेल बस्नु पर्नेछ। ती पाकिस्तानी व्यक्तिलाई आफ्नी प्रेमिकाको हत्या गरी उनको शव सुटकेसमा फालेको आरोप पुष्टी भए पछि २० बर्षको जेल सजायँ सुनाइएको हो।
हत्याको एउटै कारण केटीले पागल प्रेमीसँग सम्बन्ध राख्न अस्वीकार गरेकी थिइन्। मृत्यु हुने ती युवती पनि पाकिस्तानकी हुन्। हत्याराले पाकिस्तानबाट लण्डन गएर युवतीको हत्या गरेका थिए।
हत्यारालाई कारबाही भएपछि युवतीका बुबाले आफ्नी छोरीलाई जनावरले पनि राम्रो व्यवहार गर्ने बताए। २१ वर्षीय हिना बशीर र २८ वर्षीय मोहम्मद अर्सलान पाकिस्तानको सोही गाउँका बासिन्दा थिए। हिना ११ वर्षकी हुँदादेखि नै अर्सलानको पिछा गर्ने गरेको हाे। उनी हिनासँग बिहे गर्न चाहन्थे।
तर हिनासँग अर्सलानको प्रेम एकतर्फी थियो। हिनाले उनलाई साथीको रुपमा मात्र हेर्थिन्। अर्कोतर्फ, अर्सलानले मानिसहरूलाई हिना आफ्नो मंगेतर भएको र दुवैले चाँडै विवाह गर्न लागेको बताउँदै आएका थिए।
सन् २०२१ मा हिना थप अध्ययनका लागि लण्डन गइन्। अर्कोतर्फ हिना लण्डन गएपछि अर्सलान चिन्तित भए। त्यसपछि उनले लण्डनको एउटा कलेजमा एमएमा भर्ना पनि गरे। उनले पाकिस्तानमा एमए गरिसकेका बेला इस्लामावादको एउटा कम्पनीमा काम गरिरहेका थिए।
लण्डन आएपछि पनि अर्सलान हिनालाई पछ्याउँथे। यहाँ उनले हिनालाई अर्कै केटा मन परेको कुरा पनि थाहा पाए। यसले उनलाई यति रिस उठ्यो कि उनले लन्डनमै हिनाको हत्या गरे। अनि सुटकेशमा हालेर शव खाेलामा फालिदिए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments