
फेरि युद्ध शुरु गर्ने यमनको हुथी विद्रोही समूहको चेतावनी
- असार १५, २०८० मा प्रकाशित
काठमाडौं । यमनको हुथी विद्रोही समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः युद्ध सुरु गर्ने चेतावनी दिएको छ ।
शान्ति वार्ताका क्रममा गठबन्धनले बेइमानी गरेको आरोपसहित यो समूहले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र नयाँ सैन्य कारबाहीका लागि सक्रिय तयारी गरिरहेको जनाएको छ । हुथी विद्रोही लडाकुका रक्षा प्रमुख मोहम्मद अल–अतिफीले युद्ध सुरु गर्ने चेतावनी दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सन् २०१४ को अन्त्यतिर लडाइँ सुरु गरेको हुथी समूह र यमन सरकारबीच सन् २०२२ अप्रिल २ तारिखदेखि युद्धविराम गर्ने सहमति भएको थियो । त्यसपछि छिटपुट घटना बाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन् । यमनमा रहेको बारूदी सुरूङ सफाइ परियोजनाले जुन तेस्रो हप्तामा ८ सय ८० वटा बारूदी धराप निष्क्रिय पारेको छ । वर्षौदेखि चलेको युद्धमा बारूदी धराप र साना विष्फोटक पदार्थ बिछ्याएका छन्, त्यसबाट जोखिम निम्तिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments