
सुपर सिक्समा पुग्न नेदरल्याण्डविरुद्ध खेल्दै नेपाल : साेमपाल नखेल्ने , नेपाललाई जित्नैपर्ने दबाब
- असार ९, २०८० मा प्रकाशित
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा आज नेपालले नेदरल्याण्डको सामना गर्दै छ । जिम्बाब्वे जारी खेलमा सुपर सिक्समा पुग्न नेदरल्याण्डसँग १२ः४५ मा नेपाल खेल्दै छ । तर, नेपालका लागि भरपर्दो स्पिनर सोम्पाल कामी भने आज पनि नखेल्ने पक्का भएका छन् ।
सुपर सिक्समा पुग्न नेपालका लागि जित्नै पर्ने खेलमा सोम्पालको अनुपस्थितिमा नेपाललाई जित निकाल्न सहज हुने देखिँदैन । नेपालका स्पिनरहरू अपेक्षा अनुसार नचलेपछि जिम्बाब्वे र वेस्ट इन्डिजविरुद्धको खेलमा विकेट लिन चुक्दा ठूलो लक्ष्य प्राप्त गरेको थियो । सोम्पाल नेपालका लागि भरपर्दो स्पिनर भएकाले आवस्यक समयमा उनले विकेट लिने गरेका छन् । नेपालले सेम्पालको स्थानमा ललित राजवंशीलाई खेलाइरहेका छन् ।
सोम्पाल गत आइतबार जिम्बाब्वेसँग खेलको क्रममा घाइते भएका थिए । जिम्बावेविरुद्ध ३४ औं ओभरको तेस्रो बलमा जिम्बाब्वे ब्याटर सन् विलियम्सले प्रहार गरेको सट रोक्ने क्रममा उनको दायाँ हातको बुढी औंलामा चोट लाग्न पुगेको थियो । उनको बुढी औंलाको साइटमा काटिएकाले दुई वटा टाँका लगाईएको छ ।
उनलाई चिकित्सकले एक हप्ता विश्राम गर्न भनेका छन् । उनले आगमी आइतबारपछि टाँका खोल्ने सम्भावना छ । त्यसैले सोमपालले नेदरल्यान्ड्सविरुद्धको खेल पनि खेल्न सक्ने भएका हुन् । सोमपालले अमेरिका र वेस्ट इन्डिजसँगको खेल गुमाएका थिए । आज नेपालले नेदरल्याण्डलाई हराउन सके टप सिक्समा खेल्न उनी फिट हुने छ ।
नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो । भने अमेरिकालाई ६ विकेटले हराएको थियो । उता नेदरल्यान्ड्स जिम्बाब्वेसँग ६ विकेटले पराजित हुँदा अमेरिकालाई ५ विकेटले हराएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments