
काठमाडौं र पोखरापछि हर्कले धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शन गर्न नदिने
- असार ४, २०८० मा प्रकाशित
इटहरी । विवादास्पद दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ।धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन्।
काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’सहित भारतीय चलचित्रलाई रोक लगाइरहेका बेला धरानमा पनि त्यसलाई निरन्तरता दिइएको हो।
‘आदिपुरुष’मा रहेको सीता भारतीय छोरी हुन् भन्ने संवाद नहटाएसम्म अन्य भारतीय चलचित्र पनि सोमबारदेखि चल्न नदिने घोषणा मेयर शाहले गरेका छन्। यसबीचमा धरानमा पनि हर्क साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ चलाउन नदिने निर्णय लिएका हुन्।
‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला’, सोमबार मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्। काठमाडौंका मेयर शाहले ‘आदिपुरुष’विरुद्ध कदम चालेपछि देशका अन्य नगरमा पनि निषेध अभियान चलिरहेको छ।
यसअघि ‘आदिपुरुष’को विवादित संवाद नसच्चाइएको भन्दै पोखरा महानगरपालिकामा पनि प्रदर्शनमा रोक लगाइएको छ। यसैगरी पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ।
आदिपुरुषमा भएको त्रुटिपूर्ण संवाद नसच्चाएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय महानगरपालिकाले गरेको हो।महानगर प्रमुख धनराज आचार्यले पोखराका हलहरू श्रीकृष्ण, विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन भारतीय फिल्म प्रसारणमा रोक लगाउन पत्र लेखेका हुन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments