
बिबाहको पहिलो रातमै हृदयघातबाट दुलाहा दुलहीको निधन
- जेष्ठ ३१, २०८० मा प्रकाशित

एजेन्सी । उत्तर प्रदेशको बहराइच जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। यहाँ गत बिहीबार नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ।प्रहरी रिपोर्टका अनुसार विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात भएको थियो।
दुबैको शव हनिमुनको ओछ्यानमा लडिरहेको अवस्थामा फेला परेको थियो । दुवैको एउटै चितामा दाहसंस्कार गरिएको छ।हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार मे ३० मा २४ वर्षीय प्रताप यादवको २२ वर्षीया पुष्पा यादवसँग विवाह भएको थि । मे ३१ गते बेलुका बेहुला लिएर घर फर्किए। विवाहपछिका सबै संस्कार पूरा गरी साेही रात दुवै कोठामा सुत्न गए। भोलिपल्ट बिहान दुवै हनिमुनको ओछ्यानमा मृत फेला परेका थिए।
रिपोर्टमा भनिएको छ कि उनको मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विशेषज्ञहरूको टोलीलाई कोठाको जाँच गर्न बोलाइएको थियो।कैसरगञ्ज प्रहरी स्टेशनका इन्स्पेक्टर राजनाथ सिंहले भने, ‘कोठामा जबरजस्ती प्रवेश गरेको वा दम्पतीको शरीरमा चोटपटकको कुनै चिन्ह थिएन, जसले उनीहरूको मृत्युमा कुनै अपराधलाई संकेत गर्छ।’
यसैबीच हृदयघातको पोष्टमार्टम रिपोर्टको नतिजाले भने धेरैलाई आश्चर्यमा पारेको थियो। मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विज्ञको टोलीले कोठा र परिस्थितिको थप जाँच गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments