
विपरजोय आँधी : गुजरातको तटीय क्षेत्रबाट ७५ सयलाई सारियो, ६७ वटा रेल सेवा रद्द
- जेष्ठ ३०, २०८० मा प्रकाशित

नयाँदिल्ली । अरब सागरमा आएको चक्रवात ‘विपरजोय’ बिहीबार गुजरातको कच्छमा पुग्ने सम्भावना रहेको छ । जसका प्रभावका कारण गुजरातको तट नजिकै उच्च छालहरू उठ्न थालेका छन् ।
तटीय सहर मुम्बईमा उच्च सतर्कतामा अपनाई रहेको बेला गुजरातको तटीय क्षेत्रबाट ७ हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै तीन वटै सेना अलर्टमा राखिएका छन् भने बिपरजोयका कारण पश्चिम रेलवेले गुजरातको तटीय क्षेत्रमा जाने ६७ ट्रेन रद्द गरेको छ ।
केही रेलहरू जुन १२ देखि १५ सम्म एक वा बढी दिनका लागि रद्द गरिएका छन्, जसमा दिल्ली सराय रोहिल्ला ओखा स्पेशलको दुबैतर्फी सेवा, ओखा राजकोट अनआरक्षित, अहमदाबादको वरवल एक्सप्रेस, इन्दोरको वरवल महामना एक्सप्रेस समावेश छ ।मौसम विभाग (आईएमडी)ले गुजरातको सौ राष्ट्र र कच्छमा ठुलो क्षति हुने अनुमान गर्दै ‘ओरेन्ज’ अलर्ट जारी गरेको छ ।
चक्रवात जुन १५ मा दिउँसो कच्छ जिल्लाको जाखाउ बन्दरगाह नजिकै आइपुग्ने सम्भावना छ, आईएमडी अहमदाबाद केन्द्रका निर्देशक मनोरमा मोहन्तीले भने । त्यस अगाडि १३५–१४५ किलोमिटर प्रतिघण्टा देखि १५० किमी प्रतिघण्टाको गतिमा हावा चल्नेछ र भारी वर्षा हुनेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments