
व्यावसायीले आलु र प्याज आयात रोके, भान्सा महँगिन सक्ने
- जेष्ठ २९, २०८० मा प्रकाशित

काठमाडौं । काठमाडौं आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक भएको नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता सङ्घले बताएको छ । सोही कारण अहिले आलु–प्याजको आयात रोक्नु परेको जनाइएको छ ।
सङ्घले यस्तो अवस्थामा थप १३ प्रतिशत कर बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु रहेको जिकिर गरेको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सङ्घले दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरू आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको सङ्घले बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल कृषि उपज आलु तथा प्याज आयात निर्यात तथा थोक विक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ बजेट वक्तव्यको एक बुँदा र सँगै प्रस्तुत भएको आर्थिक ऐन, २०८० ले व्यवसाय तथा उपभोक्तालाई समेत प्रतिकूल असर पर्ने बताए ।
उनले देशमा महँगी बढी रहेको बेलामा आलु, प्याज जस्ता अत्यावश्यक कृषिजन्य सामग्रीमा भ्याट लगाउनु भनेको सामान्य व्यक्तिलाई जीवन निर्वाह गर्न अझै कठिन बनाउनु भएको बताए । हाल वार्षिक २० अर्ब रुपैयाँको प्याज र आलुको कारोबार हुने गरेको उनले बताएका छन् ।
व्यवसायी उज्ज्वल कार्कीले यो नीतिले नेपाली कृषकको उत्पादनमा पनि भ्याट लाग्ने बताए । व्यवसायी भ्याटमा दर्ता भएकाले भ्याट बिल नकाटे सरकारले कारबाही गर्ने भन्दै यसलाई खारेज गर्नुपर्नेमा उनले जोड दिए । हाल ९९ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको उनले जानकारी दिए । बजारमा खपत हुने ६० प्रतिशत आलु भारतबाट आयात हुने पनि उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments