•  ९ मंसिर २०८१, आईतवार
  •  6:12:43 AM

स्कटल्याण्डकी पूर्व मन्त्री निकोला स्टर्जन पक्राउ

- जेष्ठ २९, २०८० मा प्रकाशित



इन्डिनबर्ग । स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई आइतबार पक्राउ गरिएको छ । स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तीय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने, ‘एक महिला (५२ वर्षीया) लाई शङ्कास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ ।’ गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाइ पछि उनलाई पनि पक्राउ गरिएको हो ।

स्टर्जनका प्रवक्ताले पुष्टि गरे कि उनी आइतबार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन् । प्रवक्ताका अनुसार निकोला स्टर्जनले आइतबार पुलिस स्कटल्याण्डसँगको एक अन्तर्वार्तामा भाग लिइन्, जहाँ उनलाई पक्राउ गरिएको थियो । उनलाई अपरेसन ब्रांचफार्मको सम्बन्धमा सोधपुछ गरिएको थियो । एजेन्सी

Comments

सम्बन्धित खवर