
कलाकार अधिकारी र मानन्धरलाई भारतको प्रतिष्ठित ‘दादासाहेब फिल्म अवार्ड’
- जेष्ठ १०, २०८० मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३ बाट सम्मानित भएका छन् ।
उनीहरु नेपाली चलचित्र क्षेत्रमा वर्षौँदेखिको महत्वपूर्ण योगदान गरेको कदर स्वरुप भारतको मुम्बईमा यही जेठ ७ गते सम्पन्न सो अवार्ड समारोहमा सम्मानित भएका हुन् । भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको ६९औँ संस्करणको ‘दादासाहेब फाल्के अवार्ड’ मा नेपालबाट क्रमशः उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको रुपमा सम्मानित उनीहरु सम्मानित भएका हुन् ।
सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै निर्देशक अधिकारीले भने, ‘स्वर्ग, मैले सुनेको मात्रै, देखेको छैन, मेरो देश नेपाल, स्वर्गजस्तो छ । त्यस पछि, म महाराष्ट्र मुम्बईलाई अर्को स्वर्ग मान्छु, जहाँ मैले सिक्न र काम गर्ने अवसर पाएँ ।’ अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा कृतज्ञता व्यक्त गर्दै भनिन्, ‘कला भनेको सीमाना नाघेर मानिसको जीवनलाई समृद्ध बनाउने विश्वव्यापी भाषा हो ।’
दादासाहेब फाल्केको नाममा रहेको राष्ट्रिय चलचित्र पुरस्कार समारोह चलचित्र उद्योगमा असाधारण योगदानको कदर गर्न हरेक वर्ष आयोजना हुँदै आएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments