
प्याड भित्र ब्राउन सुगर : चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ
- जेष्ठ ७, २०८० मा प्रकाशित

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सेनेटरी प्याडभित्र प्रतिबन्धित लागूऔषध ब्राउन सुगर लुकाएर लैजाने खोज्ने एक युवती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा जिल्ला कमल गाउँपालिका- ७ घर भई हाल काठमाडौँ नारायण थान डेरा गरी बस्ने २६ वर्षीया एन्जल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
शनिवार बिहान ११:०५ बजेको समयमा विमानस्थलमा खटिएका सुरक्षाकर्मीले शरीर चेकजाँच गर्ने क्रममा राईलाई १५ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। उनी यति एयरलाइन्स चढेर काठमाडौँ जान लागेकी थिइन्।
राईले लगाएको भित्रीबस्त्र (पेन्टी) मा प्याडको बीच भागमा प्लास्टिकमा पोको पारी ब्राउन सुगर लैजान खोजेका थिए। उनको साथमा रहेको नागरिकता र रेडमी मोबाइलसमेत बरामद गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताए।
यसअघि गत वैशाख २१ गते विमानस्थलबाटै प्याडभित्र ब्राउन सुगर लुकाएर लान खोज्दा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ घर भई झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ र सन्ध्या श्रेष्ठ पक्राउ परेका थिए।
भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ जाने क्रममा उनीहरू पक्राउ परेका थिए। उनीहरूको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।आजकाे अन्नपुर्ण पाेस्टमा खबर छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments