
पासाङ ल्हामु शेर्पाले आरोहण गरेको ३० वर्षपछि श्रीमान पुगे सगरमाथाको चुचुरोमा
- जेष्ठ ३, २०८० मा प्रकाशित

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोण गरेका छन् । ल्हाक्पा सोनम शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्व. पासाङ ल्हामु शेर्पाका श्रीमान् हुन् । पासाङ ल्हामु शेर्पा चढेको ३० वर्षपछि सोनम सगरमाथाको चुचुरोमा पुगेका हुन् ।
आज (बुधबार) बिहान ७ बजेर ३४ मिनेटमा ल्हाक्पा सोनाम शेर्पा सगरमाथाको चुचुरोमा पुगेको उनको परिवारले जानकारी दिएको छ । उनकी छोरी दावा फुटी शेर्पाले भनिन्, ‘सगरमाथाको चुचुरोमा पुग्ने बुबाको सपना पहिलेदेखिकै हो । तर पूरा भएको थिएन । उहाँले सेभेन समिटको तयारी गर्नुभएको थियो । विशेष गरेर भूकम्पपछि उहाँले हिमाल चढ्ने तयारी गर्नु भएको हो ।’
‘ममीभन्दा पहिले नै बुबा थामसेर्कु, धौलागिरीलगायतका हिमाल चढिसक्नु भएको थियो’, शेर्पाले सुनाइन्, ‘ममीको दुखद् निधन भएपछि उहाँको यात्रा रोकिएको थियो । भूकम्पपछि फेरि उहाँले हिमाल चढ्ने तयारी गर्नु भएको हो ।’ सोनम अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । सोनम शेर्पासँगै आरोहणको टोलीमा जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनी पनि रहेका छन् । मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरुले हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए ।
सगरमाथाको आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण पूरा गरेका छन् । ६३ वर्षीय शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् । ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले हजारौं आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराएका छन् । थमसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्षसमेत रहेका उनी होटल तथा जलविद्युत जस्ता व्यवसायमा संलग्न छन् ।
उनले यसअघि अन्टार्कटिकाको माउन्ट भिन्सन, ओशिनियाको माउन्ट पुनकक-माउन्ट कार्सटेन्ज, युरोपको माउन्ट एल्ब्रस, अफ्रिकाको माउन्ट किलिमन्जारो, उत्तर अमेरिकाको डेनाली र दक्षिण अमेरिकाको एकोनवागुआ हिमालको आरोहण गरिसकेका छन् । उनले युरोपको सर्वोच्च शिखर माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम हिमाल, धौलागिरी हिमाल र थमसेर्कु हिमालको आरोहण पनि गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments