
धरानबाट २ वटा पेस्तोलसहित ३ जना पक्राउ , प्रहरी भन्छ अनुशन्धान जारी छ
- जेष्ठ २, २०८० मा प्रकाशित

धरान । धरान उपमहानगरपालिकाबाट २ वटा पेस्तोलसहित ३ जनालाई पक्राउगरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नंं. १७ डाँडा घोपा बस्ने २९ वर्षीय हुकमेन जिमी, हुकमेन जिमीको भाई २४ बर्षीय दीपक जिमी र धरान १५ का २४ वर्षीय रोहित राई रहेको प्रहरी नायब उपरिक्षक नवराज मल्लले बताउनुभयो ।
प्रहरीले सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको (रिट) समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले हुकमेन जिमी र दिपक जिमीलाई निजहरुकै घरकोठाबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक मल्लले बताउनुभयो ।
पक्राउ परेकाहरुलाई सोधपुछका गर्ने क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएको बुझिएको प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिनुभयो । उहाँको अनुसार खरिद खरेर ल्याएको पेस्तोलमध्ये विवरण नखुलेको १ थान पेस्तोल हुकमेन जिमीले घरमा ल्याई राखेकोमा हुकमेन जिमीको भाई दिपक जिमीले सर्दुखोला नजिकै झाडीमा लुकाई राखेकोमा अवस्थामा फेला परेको बताउनुभयो ।
यसैगरि रोहत राईको घरकोठामा प्रहरीले खनतालसी गर्ने क्रममा राई सुत्ने पलङको डस्ना मुनी लुकाएर राखेको अवस्थामा म्याग्जिन सहितको ‘मेड इन इटली’ लेखेको १ थान पेस्तोल सहित प्रहरीले फेला पारेको हो ।
पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय धरानले मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद–६ को हातहतियार खरखजना सम्बन्धी कसुर अन्तर्गत सम्मानित सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपगरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक नवराज मल्लले बताउनुभयो । आजकाे गाेरखा पत्र दैनिकमा खबर छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments