
पहिले प्रेमिकाको हत्या गरे, अनि फेसबुक लाइभ बसेर आत्महत्या
- जेष्ठ १, २०८० मा प्रकाशित

एजेन्सी । भारतको राँचीस्थित कोकर इलाकामा एक युवकले आफ्नै प्रेमिकाको हत्या गरी आत्महत्या गरेका छन्।अंकित नाम गरेका व्यक्तिले आफ्नै प्रमिकाको हत्यापछि आत्महत्या गरेका हुन्।
आत्महत्याको एक दिनअघि गएको बिहीबार साँझ उनले आफ्नै प्रेमिका निवेदितालाई गोली हानी मारे। टाउकोमा गोली लागेकी नवोदिता २० वर्षकी थिइन्। गोली हानेपछि अंकित फरार भएका थिए। उनले आफ्नो फोन पनि अफ गरेका थिए। प्रहरीले उनको खोजी गरिरहेको थियो।
शुक्रबार अंकितले फेसबुक लाइभ बसेर आत्महत्या गरे। उनले लाइभमा आफ्नी प्रेमिकाको हत्या गरेको स्विकार गरेका छन्। तर हत्याको कारण खुलेको छैन।लाइभमा उनले टाउकोमा पेस्तोल समातेर आत्महत्या गर्न लागेको बताएका थिए। त्यसपछि लाइभ रोकियो।
आत्महत्या गर्नुअघि अंकितले दिदीबहिनीलाई आफ्नो लोकेशन पठाएका थिए। उनको परिवारले पनि लाइभ हेरिरहेको थियो। परिवारको माध्यमबाट प्रहरी प्रहरी घटनास्थलमा पुगेको थियो। तर घटनास्थल पुग्नुअघि नै अंकितले टाउकोमा गोली हानेका थिए। राँचीको कोकर इलाकाबाट प्रहरीले अंकितको रगतले लतपतिएको शव फेला पारेको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments