तीन हजार बढी घरको खरको छाना हटाइयो
- बैशाख ३१, २०८० मा प्रकाशित
रोल्पा । रोल्पाका तीन हजार बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ । जिल्लाका तीन हजार एक सय ६९ घरधुरीमा जस्तापाता राखिएको हो । यसका लागि सङ्घीय र स्थानीय सरकारले रु १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन् । खरको छानो हटाएसँगै वर्षात्को समयमा पानी चुहिने र सुक्खा मैसममा आगलागी हुने समस्याबाट मुक्त भएका छन् ।
रोल्पा नगरपालिकामा एक हजार दुई सय ३८ वटा घरमा फुसको छाना भएकामा हालसम्म छ सय ७८ घरको छाना फेरिएको छ । नागरिक सुरक्षित आवास कार्यक्रमबाट दुई सय ३२ र फुसको छाना विस्थापित कार्यक्रमबाट चार सय ४६ घरको छाना फेरिएको हो । पाँच सय ६० घरमा फुसको छाना फेर्न बाँकी रहेको रोल्पा नगरपालिकाका योजना अधिकृत सुशील थापाले बताए । यस कार्यक्रमका लागि सङ्घीय सरकार र नगरपालिकाको रु तीन करोड १२ लाख खर्च भइसकेको छ । सङ्घीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम र स्थानीय सरकारको फुसको छानो विस्थापन कार्यक्रम सुरु भएपछि जिल्लाका विपन्न समुदायका धेरैलाई राहत पुगेको छ ।
रुन्टीगढी गाउँपालिकाले फुसको छाना हटाइएको छ । यहाँका फुसको छाना भएका एक हजार छ सय ३१ घरमध्ये हालसम्म एक हजार १२ घरधुरीको छाना फेरिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए । सो गाउँपालिकामा यस शीर्षकमा सङ्घीय सरकार र स्थानीय तहको रु पाँच करोड छ लाखभन्दा बढी बजेट खर्च भएको छ ।
त्रिवेणी गाउँपालिकामा टिनको छाना लगाउन छनोट भएका पाँच सय १४ मध्ये तीन सय ८८ घरको छाना फेरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसका लागि उसले सङ्घीय सरकार र स्थानीय सरकारको रु एक करोड ९४ लाख खर्च गरेको छ । परिवर्तन गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत दुई सय घर छनोट भएका थिए । उसले छनोट भएकामध्ये एक सय ६४ घरको छाना फेर्न रु ५१ लख ९३ हजार दिइसकेको छ ।
गङ्गादेव गाउँपालिकामा चार सय ४८ घरको छाना फेर्ने कार्यक्रम छ । सो गाउँपालिकाले यस काममा रु एक करोड ६८ लाख खर्च गरिसकेको छ भने चालु आर्थिक वर्षका लागि समेत ५६ लाख बजेट विनियोजन गरेको छ । सुनिल स्मृति गाउँपालिकाले हालसम्म चार सय एक घरमा फुसको छानाका साटो टिनको छाना लगाएको छ । सङ्घीय सरकारको सहयोगमा दुई सय ३६ घर र गाउँपालिकाको कार्यक्रमअन्तर्गत एक सय ६५ घरमा टिनको छाना हालिएको हो ।
लुङ्ग्री गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत ७० घरमा टिनको छाना लगाएको छ । छनोट भएका एक सय १० घरमध्ये ७० घरमा टिनको छाना लगाइसकिएको छ । बाँकी घरमा पनि टिनको छाना लगाउन सहयोग गर्ने गाउँपालिकाले बताएको छ । थवाङ गाउँपालिकाले नागरिक सुरक्षित आवासअन्तर्गत काठको छानाका सट्टामा टिनको छाना लगाउन छनोट भएका एक सय २१ घरमध्ये ५७ घरको छाना फेरिएको छ ।
फुसको छानाको घरमा पटक–पटक आगलागीको समस्या भोग्ने गरेका थिए । दुई–तीन वर्षको अन्तरालमा छाना फेरिरहनुपर्ने समस्याका साथै पानी चुहिने समस्या समेत भोग्दै आएका रोल्पालीको अहिले एकै पटक सबै समस्या हल भएको छ । रोल्पामा खर तथा काठले घर छाउने चलन पुरानो हो । थवाङ, सुनछहरी र परिवर्तन गाउँपालिकाका केही वडामा काठले छाना छाउने गर्दछन् भने अन्य पालिकामा खरले छाउने गर्दछन् । सम्पन्न व्यक्तिले स्लेटढुङ्गा र टिनले छाउँछन् । खर र काठले छाएका घरमा पानी चुहिने, आगलागी हुने डर हुने गरेको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments