हर्ककाे दुखेसाे : राम्राे काम गर्दा मुर्दाबादकाे नारा लाग्याे , खानेपानी पाइपमा आगो लगाइयो
- बैशाख ३०, २०८० मा प्रकाशित
इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विकास–निर्माणको काम गर्दा उल्टै आफूविरुद्ध ‘मुर्दावाद’को नारा लगाइएको गुनासो गरेका छन्। मेयर साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नारा मात्र होइन, खानेपानी पाइपमा डढेलोसमेत लगाइएको बताएका छन्।
तर आगो निभाएर पाइप बचाइएको पनि उनले जानकारी दिएका छन्। यसमा सहयोग गर्नेहरूलाई उनले धन्यवाद भनेका छन्। ‘दिनरात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन, श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ, त्यसैले होला– ‘हर्क साम्पाङ मुर्दावाद’को नारा घन्कियो’, साम्पाङले लेखेका छन्, ‘आज पाइपलाइनमा डढेलो समेत लगाइयो। धन्यवाद उहाँहरूलाई जसले घन्टौँ मेहेनत गरेर आगो निभाई पाइप बचाउनुभयो।’
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
Comments