
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु, एकको अवस्था गम्भीर
- बैशाख २७, २०८० मा प्रकाशित
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर तीन जनाको ज्यान गएको छ । हिजो दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेकोे आगो निभाउने क्रममा घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको ज्यान गएको हो ।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको थियोे । पाल्पामा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा बाटोमै ज्यान गएको स्थानीय विष्णु वेल्वासेले जानकारी दिए ।आगलागी परेर घाइते भएका ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ ।
यसैबीच, सन्धिखर्क नगरपालिकाको वडा नम्बर–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका ८ घरगोठ जलेर नष्ट भएका छन् ।
आगलागीमा परेर चार वटा ४ भैंसी जलेका छन् भने आठ सय भन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो निभाइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments