
एक वर्षदेखि रोकिएको दूधकोशीको चुहार पक्की पुल निर्माण अघि बढ्यो
- बैशाख २३, २०८० मा प्रकाशित

भोजपुर । निकै लामो समयअघिबाट रोकिएको दूधकोशी नदी चुहार पक्की पुलको निर्माण नियमित भएको छ । भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको उक्त पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका कारण रोकिएको थियो ।
निर्माणका क्रममा देखिएका विभिन्न समस्याको समाधानपछि पुलको काम पुनः थालिएको हो । एक वर्ष बढी समयदेखि रोकिएको निर्माणको कामलाई तत्काल सुरु गर्न सरोकारवालासहित निर्माण कम्पनी र कार्यालयबीच भएको छलफलपछि निर्माणले निरन्तरता पाएको हो ।
काम सुरु भएपछि निर्माण स्थलको कोशी प्रदेश सांसद सिर्जना राईले स्थलगत अनुगमन समेत गरेकी छन् । अनुगमन गर्दै सांसद राईले पुल निर्माणलाई चाँडो सम्पन्न गराउन पहल गर्ने बताइन् । कोशी प्रदेश सरकारको २१ करोड २३ लाख १२ हजार चार सय सात लागतमा पुल निर्माण थालिएको हो । पुल निर्माण तोकिएको अवधिमा काम सम्पन्न नभएपछि थप गरिएको समयमा २०८० असोज १३ गतेभित्र सम्पन्न हुने जनाइएको छ ।
पुल २०७७ असोजमा शिलान्यास भएको हो । पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर छ । भोजपुर सदरमुकामबाट दूधकोशी पुलसम्मको लम्बाइ करिब ६५ किलो मिटर छ । पूर्व क्षेत्रबाट धरानसम्म पुग्न भोजपुरवासीले करिब एक सय ५४ किलोमिटर यात्रा गर्नुपर्ने अवस्था छ । तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसले जिल्लाको आर्थिकरुपमा विकासमा टेवा पुग्ने देखिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments