
किसान परिचय पत्रका आधारमा सेवा दिने अभ्यासमा दमक
- बैशाख २२, २०८० मा प्रकाशित

झापा । झापाको दमक नगरपालिकाले नक्कली किसान बनेर अनुदान लिने र अनुदान लिएपछि बेखबर बन्ने कार्यलाई निरुत्साहित गर्ने जनाएको छ । दमक नगरपालिकाले सुरु गरेको किसान परिचयपत्र वितरण कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले किसानको नाममा भइरहेको दुरुपयोग घटाउन यस्तो अभ्यास सुरु गरेको बताएका हुन ।
किसान परिचयपत्रको वितरण सुरुवात गर्दै नगर प्रमुख थापाले नगरपालिकाले वास्तविक किसानको पहिचान गर्ने बताउँदै नक्कली किसानलाई कुनै सुविधा नदिने बताए ।नगरपालिकाको कृषि शाखामार्फत बिहीबारदेखि किसान परिचयपत्र वितरण सुरु गरेको हो ।
मैले कृषिका विभिन्न अनुदान लिन आफ्नै जग्गा वा जग्गा भाडामा लिएर काम गरेजस्तो गर्ने र अनुदान पाएपछि केही पनि नहुने गरेको समेत देखेको र सुनेको छु, थापाले भने । यस्तो कार्यलाई रोक्न नगरपालिका लाग्छ र यसमा सबैको साथ अवश्यका पर्छ, उनको भनाइ छ ।दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले किसान परिचयपत्रको आधारमा किसानलाई आवश्यक सहुलियत तथा कृषि शाखामार्फत उपलब्ध गराउने सेवाहरू प्रदान गरिने बताइन् । वास्तविक किसानसम्म पालिकाको काम सहज रूपमा पुग्ने विश्वास लिएका छौँ, उनले भनिन् ।
कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईका अनुसार दमकका १० वटै वार्डका ८ सयभन्दा बढी किसानहरूको किसान परिचयपत्र तयार भइसकेको छ । प्रारम्भिक चरणमा बिहीबार ८० जना किसानहरूको परिचयपत्र वितरण गरिएको छ । यो नियमित प्रक्रिया भएकाले हामी जारी राख्छौँ, उनले भनिन् ।
कृषि शाखामार्फत पाइने सुविधा तथा विभिन्न सेवा समेत दिइने अनुदानको आवेदन दिँदा अब अनिवार्य किसान परिचयपत्र आवश्यक हुने उनको भनाइ छ । किसान परिचयपत्र पाएपछि किसानहरू खुसी भएको जनाउँदै यसको औचित्य पुष्टि हुनेगरी काम गर्ने उनले बताइन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments