
ताप्लेजुङमा चट्याङ लागेर पूर्व वडाध्यक्षको मृत्यु
- बैशाख १६, २०८० मा प्रकाशित
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको मृत्यु भएको मृतकका भाइ गोपाल कडरियाले जानकारी दिए ।
बेलुका करिब ९ बजे तीर ठूलो चट्याङ प¥यो । विजुली चम्किरहेको थियो सोही समयमा मृतक करडरिया खाली खुट्टामा बाहिर आँगनमा निस्किएका बेला घरभित्र पस्ने बेलामा चट्याङ परेर उनलाई हुत्याएको थियो । चट्याङको करेन्ट लागेर सख्त घाइते कररियाको एक घण्टापछि मृत्यु भएको बताइएको छ ।
कतै चोटघाउ भने देखिएको छैन भाइ गोपाल कडरियाले बताए । सो वडाका समाजसेविका रुपमा परिचित करडियाको शवलाई आज दिउँसो दाहसंस्कार गरिने बताइएको छ । तीन दिनअघि पनि मैवाखोलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments