
एसीसी प्रिमियर कप : टस हारेर कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल
- बैशाख १४, २०८० मा प्रकाशित
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आज (बिहीबार) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समूह ‘ए’ को खेलमा कतारले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
समूह ‘ए’ मा ओमान ६ अंकसहित शीर्षस्थानमा छ । नेपाल यसअघि नै ३ खेलबाट ५ अंक जोड्दै सेमिफाइनलमा पुगिसकेको थियो । नेपाल बिहीबार हुने खेलमा कतारलाई पराजित गरेमा समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ । कतार भने ३ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपालले कतारसँग १५ वर्षपछि ५० ओभरको फर्म्याटको क्रिकेट खेल्न थालेको हो । यसअघि सन् २००८ मा नेपाल र कतार मलेसियाको क्वालालुम्पुरमा एसीसी इलिट ट्रफीमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल ७५ बल बाँकी रहँदै नेपालले ७ विकेटले जितेको थियो । ट्वान्टी–२० मा भने पछिल्लो पटक विश्वकप छनोटअन्तर्गत सन् २०१९ मा नेपाल र कतार खेलेका थिए । सो खेल भने कतारले ४ विकेटले जितेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments