
भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई विमानस्थलबाट फर्काइँदै , कारण यस्ताे छ
- बैशाख २, २०८० मा प्रकाशित
काठमाडौँ । भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ ।मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घेरामा परेकालाई दैनिकजसो फर्काउने गरिएको छ । विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले चैत २७ सम्म २ हजार ४ सय २९ वटा राहदानी नियन्त्रणमा लिएर फर्काएको छ ।
चैत २७ गते मात्र विभिन्न मुलुकमा भिजिट भिसामा जान लागेका ८३ महिला र चार पुरुषलाई ब्युरोले परामर्श दिएर फर्काएको छ । माघमा महिला र पुरुष गरी २ सय ५०, फागुनमा महिला ५ सय ५७ र चैत २७ सम्म महिला पुरुष गरी ६ सय १२ जनालाई भिजिट भिसामा विदेश जान रोकिएको ब्युरोले जनाएको छ ।
वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेकालाई नै आफू कुन देश जान लागेको, नै गएर के काममा गर्नुपर्ने हो भन्ने विषयमा थाहा नभएको पाइएको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार उनीहरूमा आफू जान लागेको देशको भाषासम्बन्धी ज्ञान र सीपको पनि अभाव रहेको देखिएको छ ।
बैंक स्टेटमेन्ट, श्रम स्वीकृति, भिजिट भिसा र शैक्षिक प्रमाणपत्र नक्कली भएकालाई फर्काउने गरिएको ब्युरोको भनाइ छ । खासगरी अवैध तरिकाले घरेलु कामदारका रूपमा भिजिट भिसामा विभिन्न देशमा जान लागेकालाई यसरी फर्काउने गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments