
इलाम महोत्सवः प्रमोद खरेलको कन्सर्टमा भागदौड मच्चिँदा दर्जनबढी घाइते
- बैशाख २, २०८० मा प्रकाशित

इलाम । इलाममा नयाँ वर्षको सन्दर्भ पारेर आयोजित महोत्सवमा प्रमोद खरेल सहभागी सांगीतिक कार्यक्रममा भागदौड मच्चिँदा करीब एक दर्जन दर्शक घाइते भएका छन् । इलामको टुंडिखेलमा शुक्रबार राती भएको सांगितिक कार्यक्रममा धेरै भीडभाड भएर गेटबाट छिर्ने क्रममा एक दर्जन व्यक्तिहरू घाइते भएका जनाइएको छ।
घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई र प्रभा भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपालिका–६ की अन्जु राई, सूर्योदय–१४ का मिलन लिम्बु, देउमाई–२ की प्रविना राई, फाकफोकथुम गाउँपालिका–७ की दृष्टि भुजेल, फाल्गुनन्द गाउँपालिका–५ का सन्दीप चेम्जोङ, सोही गाउँपालिकाका वडा नम्बर २ की टेकमाया राई, इनपा–५ की काजल राई, इनपा–७ का रमेश बुढाथोकी, इनपा–८ का सुनिता तामाङ र लक्की शेर्पा र फाकफोकथुम गाउँपालिका–२ का नाबालक साजन राई छन् ।
घाइतेहरूको इलाम अस्पताल र झापाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । इलामका सांसद महेश बस्नेत अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारेमा जानकारी लिएका छन् ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई जिल्ला अस्पताल इलाममा ल्याइएको छ । यसअगाडि धनकुटा महोत्सवमा पनि गायक प्रमोद खरेलको कन्सर्ट हेर्न पुगेकाहरू अनियन्त्रित भीडमा परेर २५ बढी घाइते भएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments