
कोशी प्रदेश सरकारद्वारा सेवा केन्द्र निर्माणको तयारी
- चैत्र २७, २०७९ मा प्रकाशित

इटहरी । कोशी प्रदेश सरकारले तीन ठाउँमा मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माणको तयारी गरेको छ ।सो कार्यक्रमअन्तर्गत एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहबीच सम्झौता भएको छ । झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवनलगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डिपिआर पारित भएको छ ।
अर्जुनधारा नगरपालिका–२ मा उक्त क्षेत्रका चारवटा पालिका अर्जुनधारा, कनकाई र विर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकालाई सेवा उपलब्ध गराउने गरी सेवा केन्द्र स्थापना गर्न यस अघि नै आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहहरुबीच सम्झौता भएको कोशी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
त्यसैगरी मोरङको रङ्गेली नगरपालिकाको दर्वेशा र तेह्रथुमको आठराई गाउँपालिका–१ पुरानो बजारमा केन्द्र निर्माण गर्ने गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीयतहबीच सम्झौता भएको छ । रङ्गेलीमा निर्माण गरिने सेवा केन्द्रले दक्षिणपूर्वी मोरङका रङ्गेली सुनवर्षी, कानेपोखरी र धनपालथान गाँउपालिकालाई सेवा उपलब्ध गराउने छ । साथै तेह्रथमको आठराईमा निर्माण गरिने सेवा केन्द्रले आठराई र फेदाव गाउँपालिकालाई सेवा उपलब्ध गराउने भएको हो ।
विशेष गरेर स्थानीयतहमा विपद् व्यवस्थापनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश सरकारले सेवा केन्द्र सञ्चालनमा ल्याउन लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । सेवा केन्द्र निर्माणका लागि आवश्यक निर्देशिका समेत मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । पूर्वाधार निर्माणपछि सञ्चालनमा आउने मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रबाट बारुणयन्त्र, एम्बुलेन्स र प्रहरीलगायतका सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments