
रकम हिनामिना आरोपमा तुलसी सहकारीका तीन सञ्चालक कारागार चलान
- चैत्र २६, २०७९ मा प्रकाशित

मोरङ । मोरङको विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका तीन सञ्चालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवा, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई मोरङ अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
मोरङ अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजालसले प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका तीन जना र सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित आठ सञ्चालकविरुद्ध ठगी मुद्दा दायर गरेको छ ।
फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई र छविलाल विश्वकर्मा तथा पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर गरेको छ । पक्राउ परेको हकमा अदालतले आदेश गरेको हो ।
सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ ।
अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ । शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ । मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले सहकारीको करडौं रुपैयाँ दुरुपयोग गरी सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई लत्त्याएर आफ्नो निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको हो । उनीद्वारा सञ्चालित निजी खाद्यजन्य, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि लगानी गरेको पाइएको छ । निजी उद्योग बाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको छ ।
उदयपुर र झापा मात्र शर्मा नाममा ३६ हजार २ सय ८ दशवलप ८७ वर्ग मिटर अर्थात् ५ बिघा ६ कठ्ठा जग्गा रहेको छ । उनको जन्मस्थल उदयपुरमा १५ कित्ता र झापामा ३ कित्ता जग्गा शर्माको नाममा रहेको छ ।
उनीहरूलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरूलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगो बमोजिम जरिवाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता राम हरी शर्मा काफ्लेले जानकारी दिए ।
सहकारीका सञ्चालकहरूले ३ हजार ६३ जना सर्वसाधारणको जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीको चार वटा शाखा रहेको छ । विराटनगरमा केन्द्रीय कार्यालय सहकारीबाट सबैभन्दाबढी सदस्य रहेको छ ।
विराटनगरमा १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ निक्षेप गरेका छन् । उजुरी दिन आउने मोरङको मात्र हो । झापा, सिराहा र गाई घाटको उजुरी दिन बाँकी रहेको छ । प्रहरीको अनुसन्धानबाट सहकारी संस्थाको बिराटनगर स्थित केन्द्रीय कार्यालय मार्फत कारोबार गर्ने १३०७ जना वचतकर्ताहरूको जम्मा रु ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रूपैया ठगी गरेको देखिएको छ । संस्थाका अध्यक्ष केदारनाथ शर्माका ३३ वटा निजी कम्पनीहरुमा विना धितो एवं बिना कुनै कागजात अध्यक्षको मौखिक आदेशको भरमा करोडौं रकम प्रवाह भएको देखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments