धनकुटा बजारका नाङ्गो तार हटाइँदै प्राधिकरण
- चैत्र २२, २०७९ मा प्रकाशित
धनकुटा । धनकुटा बजार क्षेत्रमा विद्युत्को नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउन थालिएको छ । फैलिएको धेरै नाङ्गो तारको सट्टामा एउटै केवलको लठ्ठाभित्र तार राखेर केवल प्रविधिमा विद्युत् लाइन विस्तार गरिएको छ ।
पहिलो चरणमा नगरको मुख्य बजार मदन चोकदेखि परिचय मोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत् प्राधिकरण धनकुटाका प्रमुख पह्लाद पोखरेलले जानकारी दिए ।
तारलाई रबरले बाहिरबाट ढाकिने हुनाले छुँदा करेन्ट नलाग्ने पोखरेलले जानकारी दिए । सम्भावित करेन्ट लाग्ने जोखिमबाट नगरवासीलाई सुरक्षित राख्न क्रमिकरूपमा बजार क्षेत्रका सबै नाङ्गो तार हटाइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments