सिक्किममा हिमपहिरो : तीन नेपालीसहित सात जनाको मृत्यु
- चैत्र २२, २०७९ मा प्रकाशित
इटहरी । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अरु १३ जना घाइते भएका छन् ।
हिजो (मंगलबार) दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ ।
ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् । यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments