•  ८ मंसिर २०८१, शनिबार
  •  9:27:15 PM

सुनसरीमा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन : ‘श्री ५’ लेखिएका ब्यानर प्रसाशनले हटायो, शाहलाई हिड्न र जनतासंग बाेल्न पनि राेक लगाइयाे

- चैत्र २०, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीकाे इनरूवामा पुर्व राजा ज्ञानेन्द्र शाहलाइ अभिनन्दन कार्यक्रमकाे पूर्व सन्ध्यामा राखिएका श्री ५ लेखिएका ब्यानरहरू स्थानिय प्रसाशनले हटाएकाे छ भने सुरक्षा व्यवस्था कडा बनाएकाे छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएकाे शादा पाेशाकका प्रहरीहरूले पूर्व राजा शाहलाइ अभिनन्दन गरिने बारे चाैक चाैकमा टासेकाे श्री ५ लेखिएका व्यानरहरू हटाएकाे हाे ।

ब्यानर हटाएपछि इनरूवा क्षेत्रमा केहि समय तनाव उत्पन्न भएकाे थियाे ।  इनरूवामा शाहलाइ राजावादि समुहले नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखेपनि जिल्ला प्रसाशन कार्यालय सुनसरीले भने लिखित अनुमती दिएकाे छैन । प्रसाशनकाे अनुमतीमती बिनै पूर्व राजा शाहलाइ इनरूवामा नागरिक अभिनन्दन गरिने भएपछि अासपासका क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

अभिनन्दन कार्यक्रम शान्तिपुर्ण ढंगले सम्पन्न गर्न प्रसाशनले माैखिक अनुराेध जनाएकाे छ भने शाहलाइ हिडेर र जनतासंग दाेहाेराे कुराकानी गर्न प्रतिवन्ध लगाएकाे छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाका अनुसार कार्यक्रमबारे जानकारी भएकाे तर प्रसाशनले लिखित अनुमती भने प्रदान नगरेकाे बताए ।

  नागरिककाे सुरक्षालाइ मध्यनजर गर्दै प्रहरी तैनाथ गरिएकाे उनले बताए । राजावादि समुहका केहि ब्याक्तिहरूले कार्यक्रमबारे अनुमती मागेकाे तर केन्द्रले नै नदिएकाे उनकाे भनाइ छ । काेशी प्रदेश बिरूद्ध पहिचानवादिहरूले अान्दाेलन चर्काइरहेकाे बेला पूर्व राजा ज्ञानेन्द्र शाहलाइ हिडेर जनतासंग भलाकुसारी गर्न पनि प्रसाशनले राेक लगाएकाे छ । 

Comments

सम्बन्धित खवर