८४ वर्षको उमेरमा काठमाडाैका मित्रलालले भित्र्याए दुलही : त्याे पनि सरकारी जागिरे
- चैत्र १९, २०७९ मा प्रकाशित
काठमाडौं । पिपलबोटे घर भई हाल काठमाडौं घट्टेकुलो बस्दै आएका ८४ वर्षीय बृद्धले लगनगाँठो कसेका छन् ।जिल्लाकै पहिलो इन्जिनियर रहेका मित्रलाल भट्टराईले आफूभन्दा आधा उमेरकी महिलासँग विवाह गरेका हुन् ।।
पहिले जिल्लाकै सुम्बेकबाट निरौलाकी छोरीसँग विवाह गरेका उनले पत्नि बितेको एक वर्ष पछाडि धनगढी उपमहानगरपालिकामा कार्यरत सरकारी कर्मचारी महिलासँग दोस्रो विवाह गरेका हुन् । ८४ वर्षको उमेरमा विवाह गरेका भट्टराई दम्पतीको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कतिपयले उनीहरुको आलोचना गरिरहेका भए पनि बुढेसकालको बाध्यता भन्नेहरुको संख्या पनि उत्तिकै देखिन्छ । नवविवाहित भट्टराईका दुई छोरा तथा पनाति पुस्ता पनि रहेको बताइएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments