
झापामा हावाहुरीसहितको असिना पानीले लाखाैकाे क्षति
- चैत्र १९, २०७९ मा प्रकाशित

झापा । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पु¥याएको छ ।शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ”, उहाँले भन्नुभयो, “स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौँ ।”
झापाको कनकाईमा सबैभन्दा बढी क्षति भएको कृषकबाट जानकारी आएको उहाँले बताउनुभयो । कनकाई नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर अनुगमन भइरहेकाले बेलुकासम्म क्षतिको विवरण आउने उहाँले बताउनुभयो ।
कनकाईसँगै भद्रपुर, बिर्तामोडलगायतका क्षेत्रमा समेत वर्षासहित आएको असिनाले क्षति पु¥याएको छ । असिना परेको ठाउँमा धेरै क्षति पुगेको छ । तरकारी खेती गर्ने कृषि फार्महरूमा लगाइएको तरकारी धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । झापामा यो वर्ष करिब ४० हजार हेक्टरमा मकैखेती लगाइएको छ । मकैबालीमा बढी क्षति पुगेको प्रमुख विष्टले बताउनुभयो ।यता जिल्लामा हावाहुरीले बिजुलीको पोल, घर तथा विद्यालयको टिनको छाना उडाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments