
पाँचथरमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
- चैत्र १८, २०७९ मा प्रकाशित
पाँचथर । मेची राजमार्गको फिदिम इलाम सडक खण्डअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–३ कान्छी दोकानमा भएको कार दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
ताप्लेजुङस्थित पाथिभरा देवीको दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री सवार प्रदेश १–०१–००१ च ९३४९ नम्बरको कार सडकदेखि करिब २ सय मिटर तल खस्दा झापाको बिर्तामोड–१ निवासी १८ वर्षीय रश्मि भुजेलको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी रश्मिलाई प्रहरीले उद्धार गरेर उपचारार्थ पाँचथर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
कारमा सवार तीन जनाको अवस्था चिन्ताजनक रहको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवश कुँवरले जानकारी दिए । घाइते हुनेमा बिर्तामोड–१ का राजु भुजेल,सीता भुजेल र लिला भुजेल घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी राति नै झापाको बिर्तामोडतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments