माेरङकाे रंगेलीबाट दुई सय ३४ किलो गाँजा सहित पाँच जना पक्राउ
- चैत्र १५, २०७९ मा प्रकाशित
इटहरी । मोरङमा दुई सय ३४ किलो गाँजा सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय रंगेली २ सय ३४ किलो गाँजा सहित पाँच जना पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका वडा नम्वर २ स्थित चेका खोला नजिकै गँहुबारीबाट प्रहरीले गाँजा सहित नियन्त्रणमा लिएको जनाएको हो ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका पैदल यात्री भारत जिल्ला अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडी बस्ने वर्ष २९ को दिपक झा, अररियाको हाँसा पञ्चायत बस्ने ३० बर्षीय सिन्टुक कुमार सिँह, भारत कुटहरा बस्ने बर्ष २४ को प्रबिण पासवान र कटापुर बस्ने बर्ष २४ को बिष्णु कान्त मिश्र र रंगेली नगरपालिका वडा नम्वर ३ रन्जनीका ४६ बर्षीय बीरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये चार जना भारतीय र एक जना नेपाली रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्तिहरुको साथबाट दुई सय ३४ किलो गाँजा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक चन्द्र खड्काले जानकारी दिए । पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
-
ताजा मंसिर ८, २०८१दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते मेहताको मृत्यु
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
Comments